काठमाडौँ । नेपाल प्रहरीले जेन जेड आन्दोलन क्रममा तोडफोड र आगजनी गरेको आरोपमा तत्कालीन माओवादी केन्द्रका स्थानीय नेता ताजिम अन्सारीसहित ५ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा अन्सारीसहित महेश नेपाल, आवास पौडेल, राजीव यादव र अरुण साह सोनार रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । अन्सारी पूर्व सांसद अमनलाल मोदीका स्वकीय सचिव पनि हुन् ।
मोरङ प्रहरीका अनुसार उनीहरूले सरकारी सम्पत्तिमा जिल्ला अदालत, जिल्ला प्रशासन कार्यालय मोरङ र नापी कार्यालयलगायत आगजनी गरेको आरोपमा पक्राउ गरेको हो । यसअघि मोरङका सरकारी भवनमा आगजनी गर्ने २१ जना पक्राउ परिसकेको प्रहरीले जनाएको छ ।